राजनीति
काठमाडौं । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० संसद्मा प्रस्तुत गरिएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार प्रतिनिधिसभा बैठकमा विधेयक प्रस्तुत गरेका हुन् ।
ऐनको साविककै व्यवस्था कायम गर्दै विधेयक प्रस्तुत गरिएको छ । अध्यादेश ल्याएर यसअघि विधेयकका केही धारा हटाइएको थियो ।
त्यसअघि, सांसद प्रेम सुवालको विरोधको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
योसँगै प्रतिनिधिसभाको आजको बैठक सकाइएको छ । अर्को बैठक भोलि बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८० १४:४३
प्रतिक्रिया दिनुहोस्