site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु
तस्बिर : एएफपी ।

नानजिङ । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको स्थानीय सरकारले शनिबार बिहान जनाएको छ ।

उक्त घटनामा कम्तीमा ४४ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका निम्ति स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ ।

स्थानीय दमकल विभागलाई युहुताई जिल्लाको एक आवासीय भवनमा आगलागी भएको सूचनापछि अग्निनियन्त्रक घटनास्थलमा पुगेका थिए । करिब दुई घण्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो ।

प्रारम्भिक अनुसन्धानमा उक्त भवनको पहिलो तलामा आगलागी भएको र उक्त स्थानमा विद्युतीय साइकलहरू राखिएको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस/एएफपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu