site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एउटा व्यक्तिका कारण सरकार अलोकतान्त्रिक भयो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक पद्धतिमा अघि बढेको बताएका छन् । बिहीबार पार्टी केन्दीय कार्यालय च्यासलमा केन्द्रीय कमिटीको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बालकुमारी घटनामा मन्त्रीलाई दोषी देखाएको प्रतिवेदनपछि पनि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न नसकेको बताए । दोषी ठहर गर्दा पनि कारबाही नहुनु अलोकतान्त्रिक पद्धति भएको उनको भनाइ थियो । उनले प्रधानमन्त्री निर्लज्ज भएर बसिरहेको जिकिर गरे ।

उनले भने, "युवा मारिएका विषयमा प्रतिवेदनले भन्छ मन्त्री दोषी छ, पहिलोपटक दुनियाँको इतिहासमा यस्तो सुनिँदैछ, सायद यस्तो हुँदैन । लोकतन्त्र मान्ने प्रणालीमा यस्तो हुँदैन । मन्त्री दोषी छ जसले गर्दा युवा मारिए । आफैँको सरकारले बनाएको आयोगले तोकेको छ, दोषी मन्त्री छ । मन्त्री फुर्तिसाथ हिँड्छ । आत्मग्लानी छँदै छैन । न सरकारलाई न मन्त्रीलाई । प्रधानमन्त्रीलाई अफ्ठ्यारो भएको छैन । मन्त्रीले राजीनामा नगरे हटाउनु पर्दैन । मन्त्री निर्लज्ज भयो भने निर्लज्ज हुने, गठबन्धन नै निर्लज्ज हुने । एउटा व्यक्तिको स्वार्थमा, एउटा सानो दलको स्वार्थमा सिंगो देश अलोकतान्त्रिकमा जाने । नैतिकता भन्नेकुरा सिंगै देशले छोड्ने ?"

अध्यक्ष ओलीले एउटा व्यक्तिको स्वार्थमा सिंगो देश नै अलोकतान्त्रिक भएको बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro