
काठमाडौं । काठमाडौंस्थित सूचना प्रविधिसम्बन्धी प्रशिक्षण दिने संस्था जेनेस एकेडेमी नेपालको लागि एक मात्र ‘एडब्लूएस ट्रेनिंग पार्टनर’को रूपमा छानिएको छ।
बेलायतमा मुख्यालय रहेको सेवाप्रदायक परामर्शदाता कम्पनी जेनेस सोलुसनको शैक्षिक इकाई जेनेस एकेडेमी हो ।
जेनेस क्लाउड एकेडेमीले नेपालमा अमेजन वेब सर्भिसेज (एडब्लूएस)को ट्रेनिंग तथा मान्यता प्राप्त ‘सर्टिफिकेशन कार्यक्रम’ सञ्चालन गर्न अनुमति पाएको हो ।
जेनेस एकेडेमी https://www.genesecloud.
विश्वकै प्रमुख कम्पनीका रूपमा रहेको अमेजनसँगको साझेदारीबाट ‘टेक इकोसिस्टम’भित्र युवाहरूलाई प्रशिक्षण दिनुको साथै सीप विकासमा सघाउने विश्वास एकेडेमीको छ ।
जेनेस एकेडेमीकी अपरेसन एक्ज्युकेटिभ आस्था शर्माले नेपालमा औपचारिक रुपमा ‘एडब्लूएस ट्रेनिंग पार्टनर’ कार्यक्रम सुरु हुनु जेनेस एकेडेमीको लागि मात्रै नभएर नेपालकै लागि एउटा महत्त्वपूर्ण कोसेढुंगा भएको बताइन् ।
“अमेजनसँगको साझेदारीले हाम्रो प्रतिबद्धता थप बलियो बनेको छ । हामी युवाहरूलाई उच्च गुणस्तरको प्रशिक्षण र तीव्र गतिमा विकास भैरहेको प्रविधिको क्षेत्रमा आवश्यक सीप प्रदान गर्न लागि परेका छौँ,” उनले भनिन् ।
यसअघि नै पनि नेपालमा पहिलो पटक अमेजन एकेडेमीको विश्वस्तरको पाठ्यक्रम नेपाली विद्यार्थीलाई उपलब्ध गराएर महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उनले बताएकी छन् ।