site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पको दाबीको भारतले गर्‍यो खण्डन

काठमाडौं । भारतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा दाबीको खण्डन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकाबाट आयातित सामानमा सबै कर हटाउने प्रस्ताव गरेको दाबी गरेका थिए । भारतले यो दाबीको तत्कालै खण्डन गरेको हो ।

भारतीय विदेशमन्त्री एस. जयशंकरले स्थानीय समाचार एजेन्सीलाई दिएको प्रतिक्रियामा भनेका छन्, “यो दाबी सत्य होइन । वार्ता चलिरहेको छ र सबै विषयको अन्तिम टुंगो नलागुन्जेलसम्म कुनै पनि निर्णय अन्तिम होइन ।”

बीबीसीका अनुसार, जयशंकरको प्रतिक्रिया ट्रम्पको भनाइसँग स्पष्ट विरोधाभास देखिएको छ । ट्रम्पले पत्रकारलाई भनेका थिए, “भारतले हामीलाई यस्तो सम्झौताको प्रस्ताव गरेको छ, उनीहरूले हाम्रो सामानमा कुनै शुल्क लगाउने छैनन् ।”

भारत र अमेरिकाबीच व्यापार सम्झौतानिम्ति हाल वार्ता जारी छ । बिहीबार जयशंकरले कुनै पनि व्यापार सम्झौता पारस्परिक रूपमा लाभदायक र दुवै देशको हितमा हुनुपर्ने बताए । उनले भने, “यही हाम्रो अपेक्षा हो । यो पूरा नभएसम्म यसबारे कुनै निष्कर्ष निकाल्नु अकाल्पनिक हुनेछ ।”

ट्रम्पले कतारको दोहामा व्यवसायी नेतासँगको एक कार्यक्रममा त्यस्तो बताएका थिए । उक्त कार्यक्रममा उनले अमेरिका र कतारबीच बोइङ विमानसहित धेरै सम्झौता घोषणा गरेका थिए । बीबीसीबाट ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्