site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं महानगरमा फागुन १६ गतेदेखि दादुरा–रुबेला खोप अभियान

काठमाडौं । काठमाडौं महानगरपालिकाले फागुन १६ गतेदेखि दुई चरणमा दादुरा–रुबेला खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज काठमाडौं प्लाजामा भएको पालिकास्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रममा यससम्बन्धी जानकारी दिइएको हो ।

फागुन १६ गतेदेखि १९ वटा वडाहरू ( वडा नम्बर १, २, ३, ८, ९, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८) र फागुन २० गतेदेखि १३ वटा वडाहरू (४, ५, ६, ७, १०, १३, १४, १५, १६, २९, ३०, ३१ र ३२) मा खोप कार्यक्रम चल्ने छ ।

खोपमा दादुरा–रुबेलासँगै नियमित खोप पनि प्रदान गरिने छ । 

स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआईएस)ले ९ महिनामाथि र पाँच वर्षमुनिका ४१ हजार ९२ जना बालबालिका रहेको देखाएको छ । यिनीहरूलाई दादुरा–रुबेलासँगै छुटेको वा नियमित तालिकामा आएको खोप पनि दिइने छ ।

यसरी दिइने खोपहरूमा डीपीटी, हेप बी–हिब, पीसीभी, आईपीभी रहेका छन् । यस्तै, पाँच वर्षमाथि १५ वर्ष उमेर तलका बालबालिकाको संख्या एक लाख एक हजार १२९ जना देखाएको छ । उनीहरूलाई दादुरा–रुबेलाको खोप दिइने छ ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  २३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro