site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अपहरणको आरोप लागेका गणेश लामा भन्छन्– ज्ञानेन्द्रले जग्गा र पैसा दुवै दिएनन्
गणेश लामा (बायाँ) र ज्ञानेन्द्र खड्का (दायाँ) ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले आफूमाथि अपहरणको झुटो आरोप लागेको दाबी गरेका छन् ।

बुधबार व्यवसायी ज्ञानेन्द्र खड्काले आफूलाई लामाले अपहरण गरी २० करोड रुपैयाँको कागज बनाएको दाबीसहित सामाजिक सञ्जालमार्फत विज्ञप्ति सार्वजनिक गरेका थिए । उनले अपहरणको घटना गत पुस २३ को भए पनि सुरक्षाका कारण अहिले सार्वजनिक गरेको बताएका छन् ।

तर, लामाका अनुसार खड्का उनका १० वर्षअघिका व्यापारिक साझेदार हुन् । खड्काले नै आफूलाई बैंककमा होटेल खोल्न पैसा हाल्न लगाएको लामाको दाबी छ । 

उनै खड्काले धुलिखेलको ४० आना जग्गा आफ्नी श्रीमतीको नाममा पास गरेको तर अहिलेसम्म पनि आफूलाई जग्गा र पैसा नदिएको लामा बताउँछन् । पैसाको कागज गरेपछि खड्काले आफ्नो चरित्र हत्या गर्न खोजेको उनको आरोप छ ।

“महेश बस्नेत भन्ने मेरो पार्टनरको नामबाट २०७१ साल ६ महिना ३० गते उनकी श्रीमती नानीमैय्या कार्कीको नाममा धुलिखेलको ४० आना जग्गा पास गरिएको थियो । दश वर्षसम्म सम्पर्कमा नआएका खड्कासँग भेट हुँदा प्रहरीमा जाने कि हामी मिलाउने भनेर सोधेँ । उनले नै पैसा दिन्छु कागज गरौँ भनेपछि कागज गरिएको हो,” बाह्रखरीसँगको कुराकानीमा लामाले भने ।

जग्गाको मूल्यांकन पनि खड्काले नै गरेको र त्यही मूल्यअनुसार कागज गरिएको लामाको भनाइ छ । आफैँले गरेको कागजको दायित्वबाट उम्किन खड्काले अपहरणको आरोप लगाएको दाबी उनको छ ।

यसअघि पनि लामामाथि अपहरण, फिरौती, सम्पत्ति शुद्धीकरणसहितका अभियोग लागेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro