site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गणेश लामामाथि अपहरण गरी करोडौँको कागज गराएको आरोप
SkywellSkywell

काठमाडौं । व्यवसायी ज्ञानेन्द्र खड्काले आफूलाई अपहरणमा पारेर करोडौँको फिरौतीको कागज गराएको आरोप लगाएका छन् ।

बुधबार सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै उनले नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा र सहदेव कक्षपतिले आफूलाई अपहरण गरेको आरोप लगाएका हुन् ।

ललितपुरको धोलाहिटी आदर्श टोलबाट अपहरण गरेर आफूलाई सानेपास्थित लन्डन हाउसमा गत पुस २३ गते आठ घन्टा बन्धक बनाएको खड्काले बताएका छन् । 

Dabur Nepal
NIC Asia

त्यसक्रममा धम्की एवं डरत्रास देखाएर करकाप गरी फिरौती स्वरुप करोडौँको लेनदेनको कागज गराएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

ई–कमर्स प्लेटर्फम ग्यापुका संस्थापक समेत रहेका खड्काले सुरक्षाका कारण यो विषय सार्वजनिक गर्न ढिला भएको जनाएका छन् ।

यस विषयमा खड्काले लामाविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका छन् । खड्काको जाहेरी ललितपुर परिसरलाई पठाइदिएको कार्यालय स्रोतले जनाएको छ ।

यस्तो छ व्यवसायी खड्काले फेसबुकमा सार्वजनिक गरेको विज्ञप्ति
 

Gyapanpatra-1708512088.jpg

Gyapanpatra1-1708512088.jpg

Gyapanpatra2-1708512088.jpg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu