site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस महासमिति बैठकमा सहभागिता विवाद यसरी मिलाइयो

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागिताका विषयमा उत्पन्न विवाद मिलाइएको छ । पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विवाद मिलाइएको हो ।

महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेको संघीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई आमन्त्रित रूपमा अहिले बैठकमा सहभागी गराउने निर्णय गरिएको छ । 

“१४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेको वा कारणवश टुंगो लाग्न नसकेको संघीय निर्वाचन क्षेत्रका हकमा फागुन ७–१० का लागि आयोजित महासमिति बैठकमा भाग लिने गरी योपटकका लागि ती क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई आमन्त्रित रूपमा बैठकमा सहभागी गराउने निर्णय गरियो । ती स्थानहरूमा निर्वाचन समितिले यथाशीघ्र महासमिति टुंग्याउनेछ,” बैठकको १ नम्बर निर्णयमा उल्लेख छ ।

महासमिति बैठकमा आमन्त्रण गरिने निर्वाचन क्षेत्र र जिल्लाहरू–
१. बारा क्षेत्र नम्बर–३
२. पर्सा क्षेत्र नम्बर–१
३. सोलुखुम्बु
४. खोटाङ
५. धादिङ क्षेत्र नम्बर–१
६. दोलखा
७. ओखलढुंगा
८. काठमाडौं क्षेत्र नम्बर–५
९. दाङ क्षेत्र नम्बर–३
१०. कञ्चनपुर क्षेत्र नम्बर–१
११. बागलुङ क्षेत्र नम्बर–२
१२. सिन्धुली क्षेत्र नम्बर–२

यस्तै, नेतृत्व परिवर्तन भएका भ्रातृसंघ र शुभेच्छुक संस्थाका अध्यक्षसहित तीनजनालाई महासमिति सदस्यका रूपमा सहभागी गराउने निर्णय गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

भ्रातृसंस्थाहरू–
१. नेपाल विद्यार्थी संघ
२. नेपाल महिला संघ
३. नेपाल तरुण दल
४. नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ
५. नेपाल लोकतान्त्रिक खेलकुद संघ
६. नेपाल किसान महासंघ
७. नेपाल थारु संघ
८. राष्ट्रिय लोकतान्त्रिक अपांग संघ
९. नेपाल प्रजातन्त्र सेनानी संघ
१०. नेपाल दलित संघ
११. नेपाल भूतपूर्व सैनिक संघ
१२. नेपाल मुस्लिम संघ

शुभेच्छुक संस्थाहरू–
१. नेपाल ट्रेड युनियन कांग्रेस
२. नेपाल शिक्षक संघ
३. नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन
४. सेन्टर फर डेमोर्क्याटिक इन्जिनियर्स नेपाल
५. प्रजातन्त्रवादी चिकित्सक संघ
६. नेपाल प्रेस युनियन

“नेपाली कांग्रेसको १४औँ महाधिवेशनपश्चात् अधिवेशन सम्पन्न गरेका विदेशस्थित नेपाली जनसम्पर्क समितिको हकमा विधानबमोजिम महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय गर्दछ,” बैठकको ३ नम्बर निर्णयमा उल्लेख छ ।

ललितपुरको गोदावारीमा सोमबार उद्घाटन गरिएको महासमिति बैठकमा आज पाँच प्रतिवेदन प्रस्तुत गरिँदै छ । प्रतिवेदनमाथि आजैदेखि छलफल सुरु गरिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro