site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
 पाँचवटा प्रतिवेदन प्रस्तुत हुँदै, आजैबाट छलफल सुरु हुने

काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकमा आज पाँचवटा प्रतिवेदन प्रस्तुत हुने भएको छ । प्रतिवेदनमाथि आजैबाट छलफल सुरु हुनेछ । 

बैठकमा नीति प्रस्ताव तयारी समितिका संयोजक एवं उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नेछन् । 

गगनलाई गलाउन देउवाले देखाएका थिए भोटिङको डर, टसमस नभएपछि यसरी भयो सहमति

प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन तथा लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । 

ती प्रतिवेदनहरूमाथि समूहगत रूपमा छलफल हुनेछ । समूह विभाजन गरेर छलफल हुने कांग्रेसले जनाएको छ ।

बैठकमा पेस भएका प्रस्तावबारे महासमितिको बैठकमा छलफल गरी पास हुनेछन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सोमबारदेखि सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ ।

कांग्रेसको महासमिति बैठकमा भाग लिनका लागि देशैभरका महासमिति सदस्य र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि काठमाडौँ आइपुगेका छन् ।

बैठकमा दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता छ ।

गगनको प्रस्तावमा देउवाको सहमति, चुनावी गठबन्धन नगर्ने विषय महासमितिमा पेस हुने

 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro