site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
शेखर ढुंगेललाई सिर्जना अभियानको सम्मान
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भक्तपुर । सिर्जना अभियान समाजले कवि तथा गीतकार शेखर ढुंगेललाई सम्मान गरेको छ । भक्तपुरमा आयोजित कार्यक्रममा सर्जक ढुंगेललाई साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो । 

ढुंगेलका सय गीत (कविता), माटोको सुगन्घ (गीत), कहाँ छ मेरो देश (संस्मरण), क्षितिजपारिका सपनाहरू (कथा) र जात (कथा) प्रकाशित छन् ।

कार्यक्रममा युवराज मैनाली, धनमान श्रेष्ठ, सुवासचन्द्र ढुंगेल, शेखर ढुंगेल, ध्रुव मधिकर्मी, महेश प्रसाई र डा. तारा निरौलालगायतले बोलेका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  २१:१४
प्रतिक्रिया दिनुहोस्