site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीले असफलसिद्ध व्यक्तिलाई त्रिविको उपकुलपति नियुक्त गर्दैछन् : ओली
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असफलसिद्ध व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुन लागेको भन्दै असन्तुष्टि जनाएका छन् । 

उपकुलपति छनौटमा भागबण्डा नभई एकलौटी गर्ने नयाँ तरिकाअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असफलसिद्ध भइसकेको व्यक्तिलाई सो विश्वविद्यालयको उपकुलपति बनाउन लागेको ओलीको जिकिर थियो । 

सोमबार काठमाडौंमा आयोजित राष्ट्रसेवक सहकारी संस्था लिमिटेडहरुको पाँचौँ राष्ट्रिय सहकारी भेलामा बोल्दै ओलीले तीनजना असफलसिद्ध भइसकेका व्यक्तिलाई छनौट गरेर सरकारले तीमध्ये पनि सबभन्दा असफल तेस्रो नम्बरका व्यक्तिलाई सो विश्वविद्यालयको उपकुलपति नियुक्त गर्लान् भन्ने अनुमान आफूले गरेको पनि बताए । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वको सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको छ । त्यसमा पनि तेस्रो नम्बरका व्यक्ति उपकुलपति हुने ओलीको अनुमान थियो । अध्यक्ष ओलीले वर्तमान सरकारले सत्ताका लागि जस्तोसकै काम गर्न पनि पछि नपरेको दोहो¥याए ।

उनले भने, "गठबन्धनका सबै सत्ताका लागि जेसुकैमा पनि कम्परमाइजन गर्नेहरू हुन् । त्यो खालको स्थिति अझै पनि छँदैछ । अहिले त नयाँ तरिका निकालेको छ–भागबण्डा नगर्ने, एकलौटी गर्ने । अहिले चाहिँ मेरिटोक्रेसीको आधारमा लिने, एउटा समिति बनाउने, छानबिन गर्ने, यताउता गर्ने । अनि, असफलसिद्ध भइसकेका मान्छेहरूको छनौट गर्ने । अहिले तीनजना सिफारिस भएको छ क्यार । तीनजनामा पनि तेस्रो नै नियुक्त होला जस्तो लाग्छ मलाई त छाँटकाँट हेर्दा । किनभने अलि बढ्तै असफल भएको मान्छे चाहियो नि । त्यसो भएर तृतीय नम्बर चाहिँ नियुक्त हुनुहोला कि जस्तो मेरो अनुमान नहुन पनि सक्ला । यो खालको स्थिति अहिले पनि छ ।"

अध्यक्ष ओलीले वर्तमान सरकारले आफ्नो पार्टी सरकारमा रहेका बेला बसालेको लोकतान्त्रिक स्थिति पनि भत्काउँदै गएको आरोप समेत लगाए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro