site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'बहुल राष्ट्रिय राज्य स्थापना गर्न' राजेन्द्र महतोले थाले छलफल
फाइल तस्बिर ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्य स्थापना गर्ने उद्देश्यले एकीकृत शक्ति निर्माण गर्न छलफल थालेका छन् ।

आज झापाको बिर्तामोडमा छलफल कार्यक्रमको आयोजना गरिएको थियो । महतोसँग संघीय लिम्बुवान पार्टीका नेता सन्जुहाङ पालुङ्वा र राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले एकैसाथ अघि बढ्ने प्रतिबद्धता जनाए ।  

त्यसक्रममा महतोले उद्देश्य प्राप्तिका लागि जस्तोसुकै मूल्य चुकाउन आफू तयार रहेको बताए । “एकल राष्ट्रिय राज्यको संरचना बदलेर बहुलराष्ट्रिय राज्य बनाउनु भनेको नेपाल सबै नेपालीको बनाउनु हो । पृथ्वीनारायण शाहले राज्य विस्तार गरेदेखि अहिलेसम्म माटो मिल्यो तर मन मिलेको छैन,” उनले भने । 

सन्जुहाङ पालुङ्वाले लिम्बुवान राष्ट्रिय राज्यको निम्ति आ–आफ्नो पार्टी त्याग गरेर आउन आह्वान गरे । 

जनमुक्तिका अध्यक्ष केपी पालुङ्वाले छलफललाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा लोसपाका महासचिव केशव झाले एक्लाएक्लै संघर्ष गरेर मधेसी वा आदिवासी  जनजाति कहीँ पुग्न नसक्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro