site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सान इन्टरनेशनल कलेज आफ्नै भवनमा, मनायो २४औँ वार्षिकोत्सव

काठमाडौं । काठमाडौंको नक्सालस्थित गैरीधारामा सञ्चालन हुँदै आएको सान इन्टरनेशनल कलेजले आफ्नै भवन निर्माण गरेको छ । 

चन्दागिरि नगरपालिका–१४, नैकापमा आफ्नै नवनिर्मित भवनमा स्थापनाको २४औँ वार्षिकोत्सव मनाएको छ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा कलेजले स्थापना दिवस आफ्नै नवनिर्मित भवनमा मनाएको हो ।

कलेजको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपसभामुख रानामगरले आजको आवश्यकता भनेको युवा वर्गको भएको र अबको राजनीतिमा युवाहरूले समेत चासो दिनुपर्ने बताइन् । राष्ट्र र राष्ट्रियताका सन्दर्भमा घरबाट नै नैतिक शिक्षा लिनु आजको आवश्यकता रहेको बताउँदै उनले शैक्षिक संस्थाहरूले जलवायु परिवर्तन, अव्यवस्थित सहरीकरणका सन्दर्भमा समेत विशेष जोड दिई शिक्षा दिनुपर्ने अपरिहार्य रहेको धारणा राखिन् ।

त्यसैगरी काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफू अध्ययन गरेको कलेजको स्थापना दिवस समारोहमा आउन पाएको र कलेजबाट आमन्त्रित गरिएकोमा धन्यवाद दिइन् । आफूलाई कलेजले छात्रवृत्ति उपलब्ध गराई अध्यापन गराएको र आगामी दिनमा अन्य विद्यार्थीलाई पनि छात्रवृत्तिमा अध्ययन गर्न पनि सुझाव दिइन् ।

Global Ime bank

त्यसैगरी कार्यक्रममा वरिष्ठ कलाकार दिपकराज गिरी र शिवहरी पौड्यालले सान इन्टरनेशनल कलेज साँच्चिकै सान नै भएर अगाडि बढ्ने शुभकामना दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu