site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शिक्षामन्त्रीले थप समय मागेपछि पौडेलले भने– सांसदलाई भेडाबाख्रा बनाउन पाइँदैन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले शिक्षा विधेयकमा सहमति जुटाउने नाममा समय थप्न नहुने बताएका हुन् । आइतबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिको बैठकमा पूर्वशिक्षामन्त्रीसमेत रहेका सांसद पौडेलले सांसदलाई भेडाबाख्रा बनाउन नपाउने बताए ।

"के भनिरहनुभएको छ, बुझ्नै सकिएन । कसको इसारामा चलिरहनुभएको छ ? माननीय सांसदहरूलाई भेडाबाख्रा बनाउन पाइँदैन," पौडेलले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि, बैठकको सुरुमै शिक्षामन्त्री रघुजी पन्तले शिक्षा विधेयकमा थप सहमति जुटाउन समय माग गरेका थिए ।

तर, सांसदहरूले उनको मागप्रति आपत्ति जनाइरहेका छन् ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्