site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बसिरको अर्धशतकमा नेपाल ‘ए’ ले क्यानडा–११ लाई दियो २१७ रनको लक्ष्य 

काठमाडौं । बसिर अहमेदको अर्धशतकप्रेरित नेपाल ‘ए’ ले तीन खेलको एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा क्यानडा–११ सामु २१७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार मूलपानीस्थित क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपाल ‘ए’ निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २१६ रनको योगफल खडा गर्‍यो ।

Dabur Nepal
NIC Asia

नेपालका बसिर अहमेदले ५० रन बनाए । उनले ५५ बलमा तीन चौका र एक छक्का प्रहार गरे । १३६–६ को अवस्थाबाट बासिरले विवेक यादवसँग सातौँ विकेटका लागि ९७ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलसम्म डोहोर्‍याएका हुन् । विवेकले ३४ बलमा एक चौका र एक छक्कासहित २१ रन थपे ।

यस्तै, राशिद खानले ४० रन बनाए । राशिदले ६६ बलमा पाँच चौका प्रहार गरे । ६–४ को अवस्थाबाट राशिदले किरण ठगुन्नासँग पाँचौँ विकेटका लागि चार रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । किरणले टिमको खातामा ३२ बलमा तीन चौकासहित २५ रन थपे । 

ओपनर मयन यादवले ५६ बलमा चार चौका र एक छक्कासहित ३५ रन जोडे । सन्दीप जोराले १४ रन थप्दा अन्यले भने दोहोरो अंकमा रन बनाएनन् ।

क्यानडा–११ का कप्तान साद जफरले तीन विकेट लिए । १० ओभर बलिङ गरेका जफरले एक मेडन राख्दै ३० रन खर्चिए । इश्वरजित सोहीले दुई विकेट लिए । डिलोन हाइलाइजर, हर्ष थाकेर र साहिद अहमदजाईले समान एक विकेट लिए ।

नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेलेको यो पहिलो शृंखला हो । आजको खेलपछि नेपालले मंगलबार दोस्रो र बिहीबार शृंखलाको तेस्रो खेल खेल्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro