site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रविको प्रश्न : प्रमाण नभएकालाई खोजी–खोजी दुःख दिने, दोषीलाई जोगाउने ? 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले फाइल किन खोल्दो रहेछ भन्ने उदांगो भएको बताएका छन् । दुई युवाले ज्यान गुमाएको बालकुमारी घटनामा दोषी ठहर भएर पनि प्रधानमन्त्री मौन बसेको भन्दै लामिछानेले आफ्ना आएपछि सरकारले फाइल लुकाउने गरेको बताए । 

“बालकुमारी घटनामा यो देशमा रोजगारीको अवसर नपाएर विदेशमा रोजगरी गरी परिवार पाल्छु भनेका युवाहरू वीरेन्द्र शाह र सुजन राउतको दिनदहाडै गोली हानी हत्या गरियो र १० लाख दिएर मुख टाल्ने काम गरियो,” लामिछानेले भने, “यसअघिदेखि नै मन्त्री प्रकाश ज्वाला दोषी रहेको भनिदै आएको थियो । अहिले छानबिनले नै उहाँ दोषी रहेको प्रमाणित गरेको छ । यसबारे न प्रधानमन्त्री चुइक्क बोल्नुहुन्छ । न त सम्बन्धित मन्त्रीले नै नैतिकता देखाउनुभएको छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले सरकारले भ्रष्टाचारका फाइल किन खोल्दो रहेछ भन्ने पनि यही घटनाले थप प्रष्ट पारेको बताए ।

उनले सरकारले प्रमाण नभेटेका मान्छेलाई नक्कली प्रमाण र नक्कली उजुरी गरेर पनि कारबाहीको प्रयासमा रहने गरेको भन्दै प्रमाणितहरूलाई भने जेगाउन लाग्ने गरेको बताए । “सरकार प्रमाण केही पनि नभएकाहरूलाई प्रमाण खोजेर जसरी पनि समात्न भनेर दबाब र्सिजनाका लागि रहने, छताछुल्ल भएकाहरूलाई आफ्ना वरपर राखेर हिडिँरहने हो भने विधिको शासनका बारेमा अब नबोले पनि हुन्छ,” लामिछानेले भने, “हामी बुझ्दछौँ गठबन्धनको पीडा, हामी बुझ्दछौँ प्रधानमन्त्रीसँग जम्मा ३२ सिट मात्र हुँदाको पीडा, हामी यो पनि बुझ्दछौँ नेपाली जनताले भोग्नुपरेको पीडा, जसको सत्ता टिकाउनका लागि आधार नबनोस् ।” 

Global Ime bank

उनले रास्वपाले सरकारका राम्रो काममा सहयोग गर्दै आएको भन्दै आफ्ना मान्छे जोगाउने र कसैलाई फसाउने नियतले काम गर्ने भएपछि समर्थन गर्न जरुरी नरहेको बताए । उनले ललितानिवास, नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको नियत प्रष्ट भएको उनले बताए । मुद्दा कमजोर बनाएर अदालतले सफाइ दियो भन्ने गरेको उनको आरोप थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ११:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !