site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले धादिङको अध्यक्षमा पुनः त्रिपाठी

काठमाडौं । नेकपा (एमाले) धादिङको अध्यक्षमा पुनः भूमि त्रिपाठी निर्वाचित भएका छन् । 

बिहीबार आएको मतपरिणाम अनुसार अध्यक्षका प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीलाई हराउँदै त्रिपाठी निर्वाचित भएका हुन् । त्रिपाठीले ३०९ मत ल्याउँदा अधिकारीले २३८ मत ल्याए । 

त्यस्तै, उपाध्यक्षमा अर्जुन श्रेष्ठ (गोर्खाली) विजयी भएका छन् । गोर्खालीले ३१५ ल्याए भने प्रतिद्वन्द्वी रामकुमार आचार्यले २३२ मत ल्याए । सचिवमा राधिका सापकोटाले ३३८ मत ल्याउदा उनका प्रतिद्वन्द्वी हरिराम लोहनीले २०९ मत प्राप्त गरेका छन् ।

महिला उप–सचिवमा उर्मिला रेग्मीले बाजी मारिन् । उनले ३५१ ल्याउँदा खुपीकुमारी तामाङले १९६ ल्याइन् । खुल्ला उपसचिवमा भक्तबहादुर लामिछानेले ३४८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी काजी श्रेष्ठले १९९ मत प्राप्त गरे । 

गत माघ २१ गते बिहान बन्दसत्रको समय सुरु हुनै लाग्दा विवादपछि नवौँ अधिवेशनको प्रक्रिया स्थगित भएको थियो । प्रतिनिधि छनोट र अध्यक्षमण्डलका विषयमा विवाद भएपछि कुटपिट समेत भएको थियो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro