site stats
बाह्रखरी :: Baahrakhari
खेल
नामिबियाविरुद्ध ललितले दिलाए पहिलो सफलता 

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालका ललितनारायण राजवंशीले पहिलो विकेट लिएका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले ५.३ ओभरमा पहिलो विकेट गुमाएको हो । नेपालका ललितले नामिबियाका निकोलस ड्याभिनलाई कुशल भुर्तेलबाट क्याच गराए ।  

जारी खेलको सात ओभर समाप्त हुँदा नामिबियाले एक विकेट गुमाएर २८ रन बनाएको छ । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्