site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पार्टी भनेको घर हो, घरका सदस्यको भावनालाई बुझेर निर्णय गर्नुपर्छ : गगन थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका आम कार्यकर्ताको भावनालाई बुझेर निर्णय गर्नु जरुरी रहेको बताएका छन् । नेपाली कांग्रेस रत्ननगर नगरकमिटीले आयोजना गरेको बृहत् वनभोज तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी भनेकै घर भएको उल्लेख गरे ।

महामन्त्री थापाले भने, “पार्टी भनेको घर हो । घरभित्रका सदस्यको भावनालाई बुझेर निर्णय लिनसक्नु अभिभावकको जिम्मेवारी हो ।”

पार्टीभित्र गुटको पछि नलागी आम मतदाता र कार्यकर्ताको भावना अनुसार पार्टी सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । 

पार्टी सञ्चालन गर्ने नेतृत्वले कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने महामन्त्री थापाले बताए । अहिले जनताले देशमा कांग्रेसबाट भ्रष्टाचार मुक्त, सुशासन र कानुनी राज्यको आशा गरेको उल्लेख गर्दै उनले कानुनभन्दा बाहिर गएर काम गर्नेलाई दण्डित गर्ने गरी पार्टीलाई अघि बढाउनुपर्ने बताए ।

महामन्त्री थापाले भने, “गलत गर्ने नागरिकले  सजाय पाउँछ भने राजनीतिमा लागेर छुट हुँदैन । चाहे कुनै दलको सभापति होस् वा उच्च ओहोदामा आसिन व्यक्ति नै किन नहोस् ।” रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  २२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro