site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीले भने– योग्यलाई छोडेर त्रिवि उपकुलपतिको ‘सर्टलिष्ट’ बनाए
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले योग्यजतिलाई छाडेर त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपतिको ‘सर्टलिष्ट’ बनाएको आरोप लगाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेरिटोक्रेसीको कुरा गरेर गठबन्धनका लागि जस्तोसुकै अनुचित क्रियाकलाप गरिसकेका योग्य सावित नहुनेहरूलाई त्रिविको उपकुलपति बनाउन लागेको जिकिर गरे । 

बुधबार पार्टी निकट विद्यालय संगठन अनेरास्ववियुले च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले दलीय आधारमा उपकुलपति हुँदैनन् भन्ने प्रधानमन्त्रीले मेरिटोक्रेसीको नाममा ठाडै राजनीतिक दलको सेवा गरेर हिँड्नेहरूलाई त्रिवि उपकुलपतिमा सर्टिङ गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले मेरिटोक्रेसीको नाममा त्रिवि उपकुलपति छनौटको विषयलाई प्रधानमन्त्रीले नाटकको रूपमा मञ्चन गर्ने काम गरेको समेत बताए । 

अध्यक्ष ओलीले भने, "प्रधानमन्त्रीजीले अस्तिनै दुई/चार पटक खोक्नुभयो । गजबसँग खोक्नुभयो । खोकेको भन्छन् के त्यसलाई । कुराले खोकेको नि । उहाँले खोक्नु भयो–अब विश्वविद्यालयमा मेरिटोक्रेसी लगाइन्छ । दलीय आधारमा हुँदैन भनेर । अहिले जुन सर्टलिष्ट उहाँहरूले बनाउनु भएको छ । योग्यजतिलाई छाड्नुभएको छ । गठबन्धनका आसेपासे, वरपर बस्नेहरू, अयोग्य सावित भइसकेका, ठाडै राजनीतिक दलका सेवा गरेर हिँड्नेको सटिङ गरेको छ ।" 

अध्यक्ष ओलीले गैरआवासीय नेपाली संघको निर्वाचनमा नेपाली कांग्रेसले पटक पटक लफडाको विषय बनाएर फुटाउने काम गरेको पनि बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro