site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस महासमिति बैठक : दर्ता शुल्क तीन हजार, खाना र बासको व्यवस्था आफ्नै 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महासमिति बैठकमा सहभागी हुने प्रतिनिधिबाट जनही तीन हजार रुपैयाँ दर्ता शुल्क लिइने भएको छ । प्रवेश र दर्ता शुल्कबापत उक्त रकम लिने निर्णय गरिएको पार्टी र महासमिति बैठक प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

महासमिति बैठकमा पार्टीले बिहानको चियानास्ता, खाना र दिउँसो चिया बिस्कुट (हाई–टी)को व्यवस्था गर्नेछ । साँझको खाना भने प्रतिनिधि आफैँले व्यवस्थापन गर्नुपर्ने हुन्छ । बेलुका बसोबासको व्यवस्था पनि प्रतिनिधि आफैँले गर्नुपर्ने कांग्रेसले जानकारी गराएको छ ।

“विगत हेरेर हामीले निर्णय गरेका हौँ । बिहानको चियानास्ता, खाना र दिउँसोको हाई–टीको व्यवस्था हुनेछ । साँझको बसोबास र खाना भने प्रतिनिधिहरू आफैँले व्यवस्थापन गर्नुहुनेछ,” प्रचार विभाग प्रमुख विश्वकर्माले बाह्रखरीसित भने ।

Dabur Nepal
NIC Asia

शुल्क तिरेर खान चाहनेलाई महासमिति बैठकस्थलबाहिर भोजन स्टलहरू राखिने उनले बताए ।

प्रचारका निम्ति तीनदेखि पाँच हजारसम्म पार्टीको झन्डा बैठकस्थल र उपत्यकाका विभिन्न ठाउँमा राखिने भएको छ । तीन हजारभन्दा बढी प्रचारात्मक स्टिकर तयार गरिने प्रचार विभागले जानकारी गराएको छ ।

महासमिति सदस्यहरूलाई बैठकस्थलमा पुर्‍याउन २० बसको व्यवस्था गर्ने तयारी छ । साँगा, सूर्यविनायक, कोटेश्वर, कलंकी, चाबेल, गौशालालगायत स्थानबाट महासमिति सदस्यहरूलाई ती बसमार्फत गोदावरी लगिनेछ ।

कांग्रेस महासमिति बैठक यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा आयोजना गरिँदै छ ।

दुई वर्षअघि सम्पन्न पार्टीको १४औँ महाधिवेशनमा नेतृत्व मात्र चयन गरिएको थियो । पार्टीको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, कूटनीतिकलगायत नीति कस्तो हुने भन्ने टुंगो लगाइएको छैन । सोही कारण कांग्रेसको नीति महाधिवेशनलाई महत्त्वका साथ हेरिएको छ । महासमिति बैठकलाई नीति महाधिवेशनका रूपमा सम्पन्न गर्ने कांग्रेसले निर्णय गरिसकेको छ ।

महासमिति बैठक सुरु हुन ६ दिन मात्र रहँदा पनि २४ निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्नै बाँकी छ । प्रतिनिधि चयन हुन नसकेका जिल्लामा के गर्ने भन्ने विषयमा बैठक बसेर निर्णय गरिने पार्टी निर्वाचन समिति सदस्यसचिव जगन्नाथ श्रेष्ठ जानकारी दिए ।

“हामी छलफलमा छौँ । प्रतिनिधि चयन हुन बाँकी निर्वाचन क्षेत्रको विषयमा चाँडै निर्णय हुन्छ,” उनले भने ।

गएको माघ २० गतेभित्र १६५ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन कार्य सकाउने तयारी थियो । विवादका कारण त्यो सम्भव नभएको पार्टी निर्वाचन समितिले जानकारी गराएको छ ।

निर्वाचन समितिले उपलब्ध गराएको विवरणानुसार, एउटा निर्वाचन क्षेत्र रहेको भोजपुरमा महासमिति सदस्य चयन कार्य नै सुरु गरिएको छैन ।

चार निर्वाचन क्षेत्र रहेका बारा र पर्सामा पनि महासमिति प्रतिनिधि चयनका निम्ति प्रक्रिया सुरु गराउन नसकिएको निर्वाचन समितिले जानकारी गराएको छ ।

सिन्धुली–२, काठमाडौं–५ र ६ बाट समेत प्रतिनिधि चयन गर्न बाँकी छ ।  एउटा मात्र निर्वाचन क्षेत्र रहेका दोलखा, रामेछाप, पर्वतमा पनि प्रतिनिधि चयनको काम बाँकी छ । दाङ–३ र कञ्चनपुर–१ बाट पनि प्रतिनिधि चयन गरिएको छैन ।

दुई निर्वाचन क्षेत्र रहेको धादिङबाट पनि प्रतिनिधि चयन गर्न बाँकी छ । निर्वाचन समितिका अनुसार, खोटाङ र सप्तरीबाट प्रतिनिधि चयन गरिए पनि विवाद छ । ओखलढुंगामा समेत विवाद रहेको समितिले जनाएको छ ।

कांग्रेस विधानको नियम ११ को उपनियम ३ मा महासमिति सदस्यको व्यवस्था छ । उक्त व्यवस्थाअनुसार, समानुपातिक प्रतिनिधत्व हुने गरी एउटा निर्वाचन क्षेत्रबाट ११ निर्वाचित र जिल्ला सभापति पदेनसहित १२ महासमिति सदस्य रहन्छन् ।

महासमिति सदस्य बन्न महाधिवेशन प्रतिनिधि हुनुपर्ने विधानमा व्यवस्था छ । “प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट दुई महिलासहित सातजना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट चारजना प्रतिनिधिसभा क्षेत्रको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा केन्द्रीय महासमिति सदस्य निर्वाचित गर्नेछ,’ विधानमा लेखिएको छ ।

कांग्रेस महासमिति बैठकका निम्ति दुई हजार २०० जनाभन्दा बढी प्रतिनिधि चयन हुन्छन् । १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित भएर करिब दुई हजार प्रतिनिधि आउँछन् । पार्टी विधानको दफा १८ मा महासमिति गठनसम्बन्धी व्यवस्था छ । वर्तमान केन्द्रीय कार्यसमिति सदस्य स्वतः सदस्य महासमितिमा रहन्छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएका, निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्य एक अवधिका निम्ति महासमिति सदस्य हुने व्यवस्था छ ।

बैठकमा पर्यवेक्षकसहित लगभग २५ सयजनाले भाग लिने पार्टीको अनुमान छ । कांग्रेसले प्रतिनिधिहरूबाट मात्र ६६ लाख रुपैयाँभन्दा बढी रकम संकलन गर्ने देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu