site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगरमा चन्दा आतंक मच्चाउने दुईजना पक्राउ

काठमाडौं । विराटनगरमा चन्दा आतंक मच्चाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक समेत गरेको छ ।

उनीहरूले मोरङ, सुनसरी र झापाका शैक्षिक संस्थाहरूमा भूमिगत संगठनका नाममा चन्दा आतंक मच्चाएको प्रहरीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

नेपाल कम्युनिट पार्टी (माओवादी)का महासचिव महावीरका नाममा उनीहरूले शैक्षिक संस्थाहरूमा चन्दाका निम्ति चिठी पठाएको प्रहरीले जनाएको छ ।

इलामको माङसेबुङ गाउँपालिका–१, गजुरमुखी घर भई काठमाडौंको भीमसेनगोलामा बस्दै आएका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको याङवरक गाउँपालिका–१ का ३० वर्षीय विपीन अधिकारीलाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

यसअघि, मंगलबार बिहान विराटनगर महानगरपालिका–३ मा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले ‘डिस्पोज’ गरेको थियो । सो घटनामा पनि उनीहरूको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट विस्फोटक पदार्थ बनाउने सामग्री सातवटा डेटोनेटर, १८ फिट तीन इन्च लम्बाइको तार, एक केजी सोडा र सहयोग रसिदका दुई ठेली बरामद गरिएको छ ।

यस्तै, सहयोगका निम्ति लेखिएको पत्र, मुक्तिनाथ प्रकाशन गृहको प्रेस आईडी कार्ड, डायरी र एनसेलका पाँच सिम बरामद गरिएको प्रहरीले जनाएको छ । हिमालयन टेली भ्वाइस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro