site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली महिला टिमबाट शतक बनाउने पहिलो क्रिकेटर बनिन् रुविना 

काठमाडौं । एसीसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध नेपालले कीर्तिमानी २२८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार मलेसियाको बांगीमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२७ रन बनायो ।

नेपाली महिला टिमले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो । नेपालले यसअघि सन् २०२१ मा कतारविरुद्ध बनाएको १६४ रनको योगफलको कीर्तिमान तोडेको हो ।

Dabur Nepal
NIC Asia

पूर्वकप्तान समेत रहेकी रुविना क्षेत्री बेलबासेले पनि कीर्तिमानी प्रदर्शन गरिन् । माल्दिभ्सविरुद्ध ११८ रनको अविजित इनिङ्स खेलेकी रुविना नेपाली महिला टिमबाट अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो ब्याटर बनिन् । रुविना माल्दिभ्सविरुद्ध ५९ बलमा ११८ रनमा अविजित रहिन् । उनले यसअघि सीता रानामगरको नाममा रहेको ८२ रनको कीर्तिमान तोडेकी हुन् ।

माल्दिभ्सविरुद्ध पूजा महताले ३६ बलमा ५९ रन जोडिन् । राष्ट्रिय टिमबाट पूजाको पनि यो पहिलो अर्धशतक हो । नेपाली टिमको खातामा सीताले १५, कविताले १३ र डोली भट्टले ६ रन थपे । कप्तान इन्दु वर्मा भने ‘गोल्डेन डक’ भइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro