site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा सदस्यको प्रश्न– ‘टेस्टेड’ र ‘फेल’लाई किन उपकुलपतिको ‘सर्टलिस्ट’मा राखियो ?
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका मान्छेलाई ‘सर्टलिस्ट’मा पारिएको भन्दै आपत्ति जनाएकी छन् । आइतबार राष्ट्रियसभा बैठकमा उनले त्रिभुवन विश्वविद्यालयमा पहिले नै परीक्षण भइसकेका व्यक्तिहरूलाई उपकुलपतिको ‘सर्टलिस्ट’मा पारिएको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले विश्वविद्यालयको नेतृत्वमा रहेर पनि कुनै प्रगति गर्न नसकेका र त्रिविलाई ‘र्‍याङकिङ’मा पछाडि धकेल्नेहरू नै सर्टलिस्टमा परेका भन्दै नियुक्तिमा राजनीतिक हस्तक्षेप हुन सक्ने आशंका व्यक्त गरिन् । उनले ‘छनोट समितिले पुरानै अनुहारलाई विश्वविद्यालयको नेतृत्व दिन लागेको हो ?’ भनी प्रश्न समेत गरिन् ।

Dabur Nepal
NIC Asia

उनले ‘बौद्धिक चोरीको आरोप लागेका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्दा चलाइएकालाई किन उपकुलपतिको छनोट लिस्टमा राखियो ?’ भनेर प्रश्न गरिन् ।

“...फेरि पनि प्रधानमन्त्रीलाई मेरो एउटै प्रश्न छ– राजनीतिक हस्तक्षेप हुन दिन्न भनेर संकल्प गर्दै गर्दाखेरि टेस्टेड र फेल भएका अनुहारहरूलाई फेरि विश्वविद्यालयमा ल्याउन छानेका हो त्यो समितिले ? फेल भइसकेका मान्छेहरूलाई फेरि किन ल्याएको ?,” उनले प्रश्न गरिन्, “कहिले बौद्धिक चोरीको आरोप लागेका, कहिले अख्तियारबाट मुद्दा चलेका मान्छेहरूलाई किन ल्याएको विश्वविद्यालयको छनोटमा ?”

उनले त्रिभुवन विश्वविद्यालयप्रतिको विश्वास र भरोसा टुट्दै गएको पनि बताइन् । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro