प्रविधि

काठमाडौं । अमेरिकी टेक्नोलोजी जायन्ट सिस्कोले हजारौँ कर्मचारी कटौती गर्ने भएको छ ।
क्यालिफोर्निया आधारित कम्पनीमा पछिल्लो तथ्यांकअनुसार ८४ हजार ९०० कर्मचारी कार्यरत छन् ।
कम्पनीले हटाउन लागेको कर्मचारीको संख्या तोक्न बाँकी रहेको बताइएको छ ।
सिस्कोले हजारौँको संख्यामा कर्मचारी कटौती गर्ने र सम्भावतः केही दिनमै यो घोषणा गर्ने रोयटर्सले उल्लेख गरेको छ ।
सन् २०२२ मा कम्पनीले पाँच प्रतिशत कर्मचारी कटौती गरेको थियो ।
प्रकाशित मिति: आइतबार, माघ २८, २०८० ११:५२
प्रतिक्रिया दिनुहोस्