site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मतदाताको शिर झुकाउने काम गर्दिनँ : रवि लामिछाने
तस्बिर : फेसबुकबाट ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदाताको शिर झुकाउने काम नगर्ने बताएका छन् । शनिबार भरतपुरमा पार्टी कार्यकर्ताले आयोजना गरेको वनभोज कार्यक्रममा लामिछानेले जनताको मन जित्ने गरी काम गर्ने बताए ।

उनले भने, “सबैभन्दा धेरै मत दिएर पठाउने मतदाताको शिर झुकाउने काम गर्दिनँ । हल्लाको पछाडि दौडिएको भए यहाँसम्म आउन कहाँ दिन्छन् र ? हल्ला चल्दै गर्छ, पाइला बढ्दै गर्छन् ।”

उनले आफूलाई विश्वास गरेर मत दिएकामा धन्यवाद समेत दिए । निर्वाचनको समयमा कसैको एक रुपैयाँ खर्च नगरी चुनाव लडेको भन्दै उनले यसलाई आउँदा दिनमा पनि निरन्तरता दिने बताए ।

“हामी आफैँ सक्षम छौँ, हामी गर्न सक्छौँ,” उनले भने, “निर्वाचनको समयमा कसैको एक रुपैयाँ खर्च नगराई चुनाव लडेका हौँ । आज पनि पैसा तिरेर वनभोजमा सहभागी भएको छु ।” रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  २२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro