site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी केन्द्रीय कमिटी बैठक आइतबार
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक आइतबार (भोलि) बस्ने भएको छ । बैठक आइतबार बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने गरी तय गरिएको सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाका अनुसार, बैठक आइतबार र सोमबार दुई दिनसम्म चल्नेछ । बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चारमहिने ‘जनतासँग माओवादी विशेष अभियान’माथि विशेष समीक्षा गर्ने कार्यसूची छ ।

Dabur Nepal
NIC Asia

समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम–कारबाही र आउँदो फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल गरिनेछ ।

माओवादी केन्द्रले चारमहिने अभियानमा पार्टीको संगठन निर्माण, पुनर्निर्माणका अलावा सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते/अपांगता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गएको भदौ १६ देखि सुरु गरिएको सो अभियान पुस १७ गतेसम्म चलेको थियो ।

बैठकमा पार्टीको समग्र अवस्थाका बारेमा पनि छलफल गरिने प्रवक्ता सापकोटाले जानकारी दिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  २१:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro