site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१२४ किलो गाँजासहित दुई टेम्पो चालक समातिए

काठमाडौं । १२४ किलो गाँजासहित सुनसरीबाट प्रहरीले दुई टेम्पो चालकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–११, रिटिङ टोलका १९ वर्षीय मौसम राई र धरान–११, रेसुंगा चोकका २२ वर्षीय अभिषेक शेर्मा छन् । शनिबार दिउँसो रिटिङ टोलबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरीका अनुसार, मौसम राईको घरअगाडि सडकमा दुई टेम्पो पार्किङ गरेर राखिएका थिए । जाँच गर्ने क्रममा प्रदेश १–०२–००३ ह ३७४ नम्बरको टेम्पोमा ३६ किलो गाँजा भेटिएको थियो । त्यसका चालक मौसम स्वयं हुन् । 

यस्तै, को१ह ५०९८ नम्बरको टेम्पोमा ८८ किलो गाँजा फेला परेको थियो । उक्त टेम्पोका चालक अभिषेक हुन् । त्यसपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  २०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro