site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विमानस्थल सुरक्षा प्रमुख डीआईजी चन्दको सरुवा

काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको सरुवा गरेको छ ।

चन्दलाई विमानस्थलबाट प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा काज सरुवा गरेको हो । प्रदेश समन्वय विभागको प्रमुखमा हाल एआईजी सुदिप गिरी छन् ।
 
माघ २१ मा अन्तर्राष्ट्रिय विमानस्थलतर्फको डिपार्चरको वाक थ्रु (एक्स–रे) गेटमा अध्यागमनका अधिकृत छायाँलाल मोक्तान र जाँचमा खटिएका प्रहरी जवान रविरन्जन गुप्ता, प्रहरी सहायक निरीक्षक संजय तामाङसहित तीन प्रहरी कर्मचारीसँग लात्तामुक्का भएको थियो ।

उक्त विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वमा समिति समेत बनाएको थियो । समितिले असई तामाङ निलम्बन र अध्यागमन अधिकृत मोक्तानलाई त्यहाँबाट हटाउन सिफारिस गरेको थियो ।

समितिको सिफारिसप्रति विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्द असन्तुष्ट थिए । उनले सोही कारण राजीनामा नै दिएका थिए । तर प्रहरी प्रधान कार्यालयले उनको राजीनामा भने रोकेको थियो । डीआईजी ठकुरी १० दिनको बिदामा छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro