site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी सरकारसँग पहिचानवादीको वार्ता सकारात्मक, भोलि फेरि छलफल हुने

विराटनगर । कोसी सरकार र पहिचानवादीबीचको वार्ता सकारात्मक बनेको छ । प्रदेश राजधानी विराटनगरस्थित बिग होटलमा बिहीबार भएको छलफल सकारात्मकरूपमा अघि बढेको सरकारी वार्ता टोलीका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले जानकारी दिए ।

आजको छलफलमा दुवै पक्षले आ–आफ्ना कुराहरू राखेका छन् । उनका अनुसार शुक्रबार बिहान फेरि छलफल हुने छ ।

Dabur Nepal
NIC Asia

“वार्ता सकारात्मक रह्यो । केही विकल्पहरूको विषयमा फेरि छलफल हुने छ,” उनले भने ।

छलफलका लागि सरकारका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री जबेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरिएको छ । टोलीको सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् । 

प्रदेशसभाको ०७९ फागुन १७ गतेको बैठकले प्रदेश नम्ब १ को नाम कोसी कायम गरेको थियो

तर, कोसी नामाकरणविरुद्ध पहिचानवादीहरूले आन्दोलन थालेका थिए । आन्दोलनका क्रममा विराटनगरमा भएको झडपमा परी एक जनाको मृत्यु भएको थियो ।

संघर्ष समितिमा कुमार लिङ्देन मिराक, डकेन्द्र सिं थेगिम, गोविन्दबहादुर आङबुहाङ, लाक्पा शेर्पा, पदम लिम्बू, युवराज राई, दिवस राई, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरी छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro