site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीले भने– माधव नेपालले अर्कोपटक चुनाव जित्दैनन्
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले अर्कोपटक चुनाव नजित्ने बताएका छन् । 

बिहीबार एमाले रौतहटको जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपाललाई अब जनताले विश्वास गर्न छाडिसकेको भन्दै अर्कोपटक चुनाव नजित्ने बताएका हुन् । 

नेपालको चर्को आलोचना गरेका ओलीले विदेशी र प्रतिक्रियावादीहरूको मतियार भएर अरुको सरकार बनाउँदै पछि–पछि हिँडेको समेत बताए । 

अध्यक्ष ओलीले नेपालले एमालेलाई धोका दिएको भन्दै भ्रमवस नेपालको पार्टीमा गएकालाई फिर्ता आउन आह्वान समेत गरे । नेपालले आफूसँग बोलचाल छैन भन्दै हिँडेको उल्लेख गर्दै ओलीले त्यसले आफूलाई कुनै फरक नपर्ने बरु रौतहटकै जनतासँग बोल्न बन्द गर्न सुझाव दिए । 

त्यस्तै, उनले वर्तमान सरकारले देश र जनताका लागि कुनै नयाँ कार्यक्रम गर्न नसकेको र एमालेले सुरु गरेका निर्माणका कार्यहरूलाई समेत अवरुद्ध गरेको जिकिर गरे । 

ओलीले जनताको आशा अपेक्षाअनुसार जिम्मेवारीपूर्वक काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro