site stats
बाह्रखरी :: Baahrakhari
कला
महिनामा कति स्टेज कार्यक्रम गर्छिन् रचना ?
तस्बिर : रचना रिमालको फेसबुकबाट ।

काठमाडौं । कोभिड संक्रमणको त्रास सकिएसँगै सुरु भएका मेला महोत्सवमा व्यस्त कलाकारमध्येकी एक हुन्, रचना रिमाल । उनी मेलो महोत्सवका लागि धेरै बोलाइने र प्रस्तुति दिने सीमित कलाकारमध्ये एक हुन् । 

रचनाले गत वर्ष एक महिनामा २५ वटासम्म स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिइन् । सिजनमा औसतमा २०/२२ कार्यक्रममन सहभागी हुने गरेको उनी बताउँछिन् । 

“यो वर्ष मैले अहिले सिजनमा २०/२२ वटा स्टेज कार्यक्रम गरिरहेको छु,” रचना बाह्रखरीसँग भन्छिन्, “गत वर्ष मैले सबैभनदा धेरै एक महिनामै २५ वटा स्टेज कार्यक्रम गरेको थिएँ ।” ‘अफ सिजन’मा पनि उनले प्रतिमहिना दुई/तीनवटा स्टेज कार्यक्रम गरिरहेकी हुन्छिन् ।

केहीलाई भ्याइ नभ्याइ, अधिकांशलाई खडेरी : धेरै कलाकार पलायन हुने मोडमा

Global Ime bank

रचना अहिलेकी सर्वाधिक डिमान्डेड कलाकारमध्येकी एक हुन् । समग्रमा गीत रेकर्डिङ करिब ९० प्रतिशतले घटे पनि उनले स्टेज कार्यक्रमबाट फुर्सद भएका दिन दुई/तीनवटा गीत रेकर्ड गराइरहेकी छन् । 

गीत रेकर्डिङको संख्या ओरालो लाग्नुभन्दा पहिला रचना दैनिक पाँचवटासम्म गीत गाउँथिन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu