site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कानुनमन्त्रीको जवाफ : कुनै नेतालाई छुट दिन खोजिएको होइन 

काठमाडौं । कानुन तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तीन ठाउँबाट छानबिन गर्दा पनि स्रोत नखुलेको र कसुर नदेखिएको सम्पत्तिमा कसैलाई छुट दिन नखोजिएको बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा उनले मनी लाउन्डरिङ विधेयकको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै त्यस्तो बताएका हुन् ।

Dabur Nepal
NIC Asia

“कुनै नेतालाई छुट दिन खोजिएको होइन । अन्तर्राष्ट्रिय मापदण्डअनुसार राखिएको हो । स्रोत खुलेन, कसुर देखिएन यही समस्या समाधान गर्न प्रेसराइज भएको हो,” उनले भने । 

उनले स्रोत नखुलेको र कसुर नदेखिएको सम्पत्तिबारे छिमेकी मुलुक भारतमा ६० देखि ८० प्रतिशत करको दायरामा ल्याइएको बताए । विधेयक यथाशीघ्र पारित गर्दा आर्थिक अपराध सहजै नियमन गर्न सकिने उनको भनाइ छ । 

आर्थिक अपराध नियन्त्रणले मात्रै राज्यलाई सही ढंगले अघि बढ्न आवश्यक गरिएको महसुस गरेको सुनाए । मुलुकमा वित्तीय पारदर्शीता र लगानीको वातावरण बनाउन विधेयकले मद्धत गर्ने उनको भनाइ छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro