राजनीति

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा दलीय आधारमा मन्तव्य राख्ने कार्यसूची छ ।
सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गर्ने कार्यसूची रहेको प्रतिनिधिसभाले बनाएको क्यालेन्डरमा उल्लेख छ ।
आजको बैठकले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने दिनको जानकारी पनि गराउने क्यालेन्डरमा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, माघ २४, २०८० ०६:२०
प्रतिक्रिया दिनुहोस्