site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
घनश्याम भुसालको प्रश्न– पार्टी र नेता सफल हुँदा देश असफल किन ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले देशका राजनीतिक पार्टी र नेताहरू सफल भए पनि देश किन असफल भयो भनी प्रश्न गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा उनले राजनीतिक दलहरूले आफूलाई सफल भएको दाबी गर्ने गरेको भए पनि देश असफल भइरहेको बताए ।

“...राजनीतिक पार्टी सफल हुने, देश असफल हुने यस्तो कसरी हुन्छ ? सबै पार्टी सफल भइराख्ने,” उनले भने, “कांग्रेस, एमाले, माओवादी, समाजवादी सबै सफल हुने । अनि, देशचाहिँ असफल हुने ?”

नेपालका राजनीतिक दलहरू गुटमा परिणत भइसकेको उनले उल्लेख गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास र पात्रहरूमा समस्या भएको उनको भनाइ छ ।

“...नेताचाहिँ सफल भइराख्ने, देशचाहिँ असफल भइराख्ने । पार्टीचाहिँ सफल हुने यो अन्तरविरोध कहाँ हो ? के हो ? संघीय लोकतान्त्रिक गणतन्त्र आफैँमा समस्या होइन,” उनले भने, “त्यसको अभ्यासमा समस्या छन् । त्यसको विचार र पात्रहरूमा समस्या छन् ।”

महासचिव भुसालले देशमा गणतन्त्र आइसक्दा पनि पार्टीहरूले दशकौँअघिको सिद्धान्त बोकेर हिँडिरहेको बताए । दलहरूको पुराना सिद्धान्तका कारण गणतन्त्र राम्रो बाटोमा हिँड्न नसकेको उनको भनाइ छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro