site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले सरकार ढाल्ने खेलमा छैन : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । 

सोमबार महोत्तरीमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने नीतिका साथ अघि बढेको समेत बताए । अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई भ्रष्ट र तस्करको रुपमा चित्रण गर्दै त्यसले देश र जनताको पक्षमा केही पनि काम गर्न नसकेको आरोप लगाए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति संकेत गर्दै वर्तमान सरकारले देशको हितको पक्षमा मित्र राष्ट्रहरूसँग आँखा जुधाएर कुरा गर्ने हैसियत समेत नराखेको जिकिर गरे । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन मुलुकका जति दिन रह्यो, देशले त्यति नै धेरै दुःख पाउने बताए ।

ओलीले भने, "यो निकम्मा गठबन्धन, भ्रष्ट गठबन्धन, तस्करी चलाएको छ । रोक्न सकेको छैन । यो गठबन्धन निकम्मा त हो नि । जनताका लागि केही गर्न नसक्ने यो गठबन्धन । अनि, छिमेकीहरु, मित्रहरूसँग भेट्दा आँखा जुधाएर कुरा गर्न नसक्ने, देशको हितको पक्षमा कुरा बोल्न नसक्ने, टाउको निहुँर्‍याएर हात मोलेर बस्ने यस्तो खालको गठबन्धन । यस्तो खालको गठबन्धन भत्काउने, ढाल्नेतिर केही होइन । हामी मिशन २०८४ भनेका छौँ । दिगो ढंगले हामी राजनीति गर्न चाहन्छौँ । बहुमत ल्याएर सरकार बनाउन चाहन्छौँ । बहुमतको सरकार हाँकेर देश बनाउन चाहन्छौं । हाम्रो नीति त्यो छ । यो कुनै विचार मिलेको गठबन्धन हो र । यो स्वार्थहरु जोडेर बनाएको गठबन्धन । आफैँ स्वार्थ टकाराएर झिल्का निक्लिरहेको छ । त्यसकारण यस्तो सरकार कति दिन्छ चल्छ ? जतिदिन चल्छ, देशलाई दुःख दिन्छ ।"

अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार हटेपछि देशमा विकास, निर्माणको काम ठप्प भएको दाबी समेत गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro