site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सहकारी ठगी प्रकरणमा रविबारे पीडितहरूको प्रश्न– त्यत्रो पैसा कसरी लैजानुभयो ?
फाइल तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
Sarbottam CementSarbottam Cement

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की प्रहरीमा जाहेरी दिएका छन् । बचतकर्ताको रकम डुब्नुमा रवि पनि जिम्मेवार रहेको दाबीसहित पीडितहरूले सोमबार रविसहित १८ जनाविरुद्ध जाहेरी दिएका हुन् ।

सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले आफूहरूले रविमाथि 'अनौपचारिक' छानबिनका लागि जाहेरी दिएको बताए ।

“अनौपचारिक रूपमा छानबिनका लागि हामीले कास्की प्रहरी प्रमुख एसपी मोहन थापालाई जाहेरी दिएका छौँ, उहाँले जाहेरी लिनुभएको छ,” श्रेष्ठले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार पीडितले रविसहित पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोलासहितका विरुद्ध जाहेरी दिएका छन् ।

“रवि लामिछानेले गोर्खा मिडिया प्रालिको त्यत्रो पैसा कसरी लैजानुभयो ? किन दिनुभएन ? गोर्खा मिडिया प्रालिको ग्यालेक्सी टिभीले हामीलाई ३० करोडको तमसुक बनाएर दिएको अवस्था थियो, जीबी राईले । ग्यालेक्सी टीभीको ३० करोडको सम्पत्ति पोखराको हो भनेर हामीलाई दिनुभएको थियो । यसको पनि छानबिन हुनुपर्छ भनेर हामीले तमसुकसहित सबुत प्रमाणसहित प्रहरीलाई बुझाएका छौँ,” श्रेष्ठले भने ।

Global Ime bank

यसबाहेक नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नेस्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालिविरुद्ध पनि उनीहरूले जाहेरी दिएका छन् ।

यसबाहेक पाँचवटा जीबी राई ले नै सञ्चालन गरेका सहकारी छन् । यी सबै कम्पनी कुनै न कुनै माध्यमबाट जीबी राइसँग नै जोडिएका छन् ।

“अब यसलाई प्रक्रियामा लैजाँदै छौँ । सूर्यदर्शन सहकारीको छानबिन प्रतिवेदन हेर्दा सहकारीको पैसा कुनकुन संस्थामा गयो, ककसले लगे भन्ने विषयलाई लिएर प्रतिवेदनबाट थोरैको नाममा जाहेरी दिएका छौँ । यो संख्या बढेर सय/दुई सय पनि पुग्न सक्छ,” श्रेष्ठले भने ।

उनका अनुसार अहिले जाहेरीमा उल्लेख गरिएका सबै आरोपितहरू नयाँ हुन् । प्रहरीले पीडितहरूलाई मंगलबारदेखि नै अनुसन्धान थाल्ने आश्वासन दिएको छ ।

प्रहरी स्रोतका अनुसार जाहेरीबारे एसपी थापाले प्रमुख जिल्ला अधिकारीसँग सोमबार छलफल गरेका थिए । तर, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले सहकारीको विषयमा छलफल नभएको बताए ।

कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार बिकले भने जाहेरी परेको जानकारी दिए । “१८ जनाविरुद्ध जाहेरी दिनुभएको छ । हामीले अनुसन्धान गर्दै छौँ, एउटा निवेदन छाडेर जानुभएको छ, १८ जना विरुद्ध । त्यो लिएर हामी विस्तृत रूपमा हेर्दै छौँ,” उनले भने ।‍

सूर्यदर्शन सहकारीलाई पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले नै समस्याग्रस्त सहकारी ठहर गरेको छ । यो सहकारीले पोखराका १८ हजार ७०० बचतकर्ताको एक अर्ब ३५ करोड अपचलन गरेको आरोप छ । सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई हुन् । उनले सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ग्यालेक्सी फोर के टेलिभिजनका लागि करोडौँ रकम लगानी गरेको प्रतिवेदनहरूले खुलाएका छन् ।

पोखरा महानगरको विज्ञ टोलीको राय प्रतिवेदनका आधारमा सहकारीका सञ्चालक, लेखा समिति संयोजक, सदस्य, लेखा अधिकृत र ऋण अधिकृतसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । अहिलेसम्म उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भवीश्वर अर्याल, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ मात्रै पक्राउ परेका छन् ।

महानगरको प्रतिवेदनमा सहकारीको रकम योजनाबद्ध रूपमा विभिन्न फर्ममा अवैध लगानी गरिएको, नक्कली कम्पनी खडा गरेर पनि पैसा हिनामिना गरिएको, कमसल धितो र बिनाधितो पनि ऋण लगानी गरेको उल्लेख छ ।

पीडितहरूले यसअगाडि नै प्रहरीमा विस्तृत अध्ययनका लागि छानबिन गर्नका लागि जाहेरी दिन खोजे पनि प्रहरीले फिर्ता पठाइदिएको थियो ।

रवि यस प्रकरणमा जोडिएको ग्यालेक्सी टेलिभिजनबाट नै हो । जतिबेला टेलिभिजनमा लगानी भएको थियो, त्यतिबेला रवि उक्त मिडियामा प्रबन्ध निर्देशक थिए । तर, रविले सहकारीमा आफ्नो संलग्ना अस्वीकार गर्दै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement