काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा र संकीर्ण स्वार्थले देश छियाछिया भएको बताएका छन् ।
सोमबार प्रेस चौतारी नेपालको २६औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले अहिलेको मुलुकको परिस्थिति कहाली लाग्दो रहेको बताए । उनले देशको अहिलेको स्थिति मल्टी अर्गन फेलियर रहेको बताए । उनले देशलाई यो ठाउँमा ल्याइपुर्याउने काम अहिलेको गठबन्धन सरकारले गरेको आरोप लगाए ।
उनले शिक्षा, स्वास्थ्य, श्रम रोजगार, अन्तर्राष्ट्रिय श्रम बजार, अर्थतन्त्र, सुशासन, कृषि, पर्यटन कतै पनि चित्त बुझाउने अवस्था नरहेको बताए । प्रतिपक्षका जायज आवाज सुन्ने खालको अभ्यास हुनुपर्ने भएपनि अहिलेको सरकार प्रतिपक्षप्रति पूर्वाग्रही दृष्टिकोणका साथ व्यवहार गरिरहेको बताए ।