site stats
बाह्रखरी :: Baahrakhari
कला
अशोक शर्मा भन्छन्– हल बाँचे निर्माता र निर्माता बाँचे कलाकार बाँच्ने हो 

काठमाडौं । चलचित्र संघको निर्णय र आग्रहमा आज देशभरका सिनेमा हल बन्द भए । संघले अव्यवाहारिक कर नीतिका कारण हल बन्द गर्ने निर्णय गरेको थियो । 

निर्माता तथा वितरकसमेत रहेका कलाकार अशोक शर्मा हल बन्द गर्नुका पछाडि अव्यवाहारिक करका कारण सिनेमा हल बन्द हुने अवस्थामा पुग्नु रहेको बताउँछन् ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निर्माता तथा हल सञ्चालकले करोडौं रुपैयाँ खर्च गरेर व्यापारको अधिकांश हिस्सा राज्यलाई करका रुपमा बुझाउनु परिरहेको उनी प्रष्ट पार्छन् । 

आज देशभरका सिनेमा हल बन्द 

“चलचित्र निर्माण गर, चलचित्र हल निर्माण गर, करोडौं लगानी गर सिनेमा हल सञ्चालन गर अनि व्यापारको अधिकांश धनराशि सरकारलाई बुझाउनु पर्ने यस्तो पनि हुन्छ ?,” शर्मा भन्छन्, “चलचित्र संघको यस आन्दोलनमा यस क्षेत्रका सम्पूर्ण संघसंस्था तथा चलचित्रकर्मीहरूको समर्थन हुनु जरुरी छ । हल बाँचे निर्माता बाँच्ने, निर्माता बाँचे कलाकार र प्राविधिक बाँच्ने हो ।” 

चलचित्र क्षेत्रका अधिकांश संघसंस्था र व्यक्तिले संघले आज विरोधस्वरुप गरेको हल बन्दको निर्णयको स्वागत गरेका छन् । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्