site stats
बाह्रखरी :: Baahrakhari
कला
आज देशभरका सिनेमा हल बन्द 

काठमाडौं । देशभरका सिनेमा हल आज बन्द भएका छन् । सिनेमा हलहरूको छाता संस्था चलचित्र संघको निर्णयअनुसार आज देशभरका सिनेमा हल बन्द भएका हुन् । 

संघले मूल्यअभिवृद्धिबाहेकका ‘अव्यावहारिक’ कर खारेजीको माग गर्दै सांकेतिक विरोधस्वरूप एक दिन हल बन्द गर्ने निर्णय गरेको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारको अव्यावहारिक कर (चलचित्र विकास शुल्क तथा स्थानीय शुल्क)को कारण चलचित्र व्यवसायी धराशायी हुने अवस्थामा पुगेको भन्दै आज सञ्चालकहरूले हल बन्द गरेका हुन् । अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रूपमा विरोधस्वरूप आज एक दिन देशभरका सम्पूर्ण चलचित्र घरहरू बन्द गरिएका हुन् । 

३३ प्रतिशतभन्दा धेरै कर लगाइएको भन्दै संघले सरकारको दोहोरो कर प्रणालीले हल बन्द हुने अवस्थामा पुगेको बताउँदै आएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ०६:४३
प्रतिक्रिया दिनुहोस्