site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यो वर्षको अन्तिमदेखि एचपीभी खोप दिने सरकारको तयारी 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले सन् २०२४ को अन्तिमदेखि १४ वर्षसम्मका सबै किशोरीलाई एचपीभी खोप दिने तयारी गरेको छ । गएको भदौदेखि ‘डेमोस्ट्रेसन’ कार्यक्रमका रूपमा सुरु गरिएको पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन प्यापिलोमा भाइरस’विरुद्धको खोप अब लक्षित उमेरका सबैलाई दिन लागिएको हो ।

नियमित खोप तालिकामा समेटेर १० देखि १४ वर्षसम्मका बालिका/किशोरीलाई सो खोप दिने तयारी गरिएको स्वास्थ्य सेवा विभागले जानकारी गराएको छ ।

“यही वर्षको अन्त्यदेखि नै एचपीभी खोप तोकिएको उमेरका किशोरीमा दिने गरी तयारी थालिएको छ । खोप आयातका लागि दातृनिकाय गाभीसमक्ष पठाइएको प्रस्तावको जवाफ निकै सकारात्मक छ,” विभागका महानिर्देशक डा. संगीता कौशल मिश्राले भनिन् ।

भदौ २७ गतेदेखि झन्डै १५ दिनसम्म सञ्चालन गरिएको एचपीभी खोपको कार्यक्रममा १४ पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई सो खोप दिइएको थियो । त्यसअन्तर्गत नौ हजार ९८० जनाले खोप लगाएको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाको तथ्यांक छ ।

पहिलो डोज लगाएकालाई दोस्रो मात्रा आउँदो फागुन अन्तिमदेखि चैतसम्म दिने सरकारको तयारी छ । आउँदो वर्ष भने अभियान सञ्चालन गरी १० देखि १४ वर्षसम्मका बालिका/किशोरीलाई खोप दिने खोप शाखाको तयारी छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिको तथ्यांकमा यो उमेर समूहका बालिका/किशोरीको संख्या १६ लाख ८८ हजार ७६८ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro