site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बलात्कार आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बर्दियामा किशोरीको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । शनिबार (हिजो) दिउँसो प्रहरीले गुलरिया नगरपालिका–४, कैलाशनगरका ६७ वर्षीय पंमबहादुर रानाभाटलाई नियन्त्रणमा लिएको हो ।

१५ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । रानाभाटले आफ्नै घरमा लगेर किशोरीको बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

महिलाको बलात्कार आरोपमा पक्राउ
बर्दियामै ६८ वर्षीया महिलाको बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका–११, मिलनचोकका ३० वर्षीय रामकिसुन थारुलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

बालिकाको बलात्कार आरोपमा पक्राउ
सर्लाहीमा १२ वर्षीया बालिकाको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिपुर नगरपालिका–७, चितायनका ४८ वर्षीय सिकिन्द्र चौधरी छन् । शनिबार दिउँसो उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro