राजनीति
काठमाडौं । राजसंस्था समर्थकले काठमाडौंको नारायणहिटी दरबार संग्रहालयअगाडि शनिबार प्रदर्शन गरेका छन् । मुलुकमा हिन्दु राष्ट्रसहितको राजसंस्था पुनःस्थापना हुनुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
नेपाली झन्डासहित प्रदर्शनमा सहभागीले राजसंस्थाको पक्षमा नारा लगाएका थिए । प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले दलका नेताहरूले मुलुकलाई भ्रष्टाचारमा डुबाएको आरोप लगाए । आफूहरू देशमा अन्तिम आन्दोलन गर्न तयार भएको उनको भनाइ छ ।
उनले मुलुकलाई अघि बढाउन हिन्दु राष्ट्रसहितको राजसंस्था अनिवार्य भएको जिकिर गरे ।
त्यसअघि, उनीहरूले काठमाडौका विभिन्न स्थानमा र्याली समेत निकालेका थिए । हिमालयन टेली भ्वाइस
प्रकाशित मिति: शनिबार, माघ २०, २०८० १६:२७
प्रतिक्रिया दिनुहोस्