देश

काठमाडौं । सुन्धारास्थित काठमाडौं मलअगाडि दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–२२ स्थित मल अगाडि बा३४प४३२० नम्बरको मोटरसाइकल र रा.७ प ८७९५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।
सोमबार बिहान नै भएको दुर्घटनामा बा३४प ४३२० नम्बरको मोटरसाइकल चालक ललितपुरको इमाडोल बस्ने तनहुँको आँबुखैरेनी नगरपालिका–५ का ४६ वर्षीय सन्तोषकुमार गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै, दुर्घटनामा घाइते अर्का मोटरसाइकल चालकको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२ १८:१६
प्रतिक्रिया दिनुहोस्