site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतविरुद्ध नेपालले एकै ओभरमा लियो दुई विकेट 

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा भारतविरुद्ध नेपालले १४औँ ओभरमा दुई विकेट लिएको छ ।

शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भारतले १४औं ओभरको पाँचौँ र छैटौँ बलमा लगातार विकेट गुमाएको हो । १३.५ ओभरमा भारतका प्रियान्सु मोलियाले रनआउट भएका थिए ।

Dabur Nepal
NIC Asia

भारतीय टिमको स्कोरबोर्डमा १९ रन थपे । मोलिया चौथो रनका लागि दौडिँदा नेपालका आकाश चन्दले रनआउट गरेका हुन् । त्यसलत्तगै अर्को बलमा आकाशले भारतका अर्सिन कुलकर्णीलाई विकेटकिपर उत्तम मगरबाट क्याच गराए ।

जारी खेलको १४ ओभर समाप्त हुँदा भारतले तीन विकेट गुमाएर ६२ रन बनाएको छ । त्यसअघि नेपालका लागि एक विकेट गुल्सन झाले लिएका थिए ।

जारी युवा विश्वकपमा भारत अपराजित छ । नेपालले एक खेलमा मात्रै जित निकालेको छ । यसअघि सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको थियो ।

समूह चरणको खेलमा भने नेपाल न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्दै नेपालले सुपर सिक्समा स्थान बनाएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro