site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतविरुद्ध बलिङमा नेपालको मध्यम सुरुआत

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा भारतविरुद्ध नेपालले बलिङमा मध्यम सुरुआत गरेको छ ।

शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भारतले पहिलो पावर प्ले (१० ओभर) को समाप्तिमा एक विकेट गुमाएर ४९ रन बनाएको छ । भारतबाट हाल क्रिजमा रहेका अर्सिन कुलकर्णीले १६ र प्रियान्सु मोलियाले ११ रन बनाएका छन् । 

नेपालका लागि एक विकेट गुल्सन झाले लिएका थिए ।

जारी युवा विश्वकपमा भारत अपराजित छ । नेपालले एक खेलमा मात्रै जित निकालेको छ । यसअघि सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको थियो ।

समूह चरणको खेलमा भने नेपाल न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्दै नेपालले सुपर सिक्समा स्थान बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro