site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली भन्छन्– बैंक पनि मिटरब्याजी 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैंक पनि मिटरब्याजी भएको बताएका छन् । शुक्रबार बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै यस्तो बताएका हुन् । 

“बैंक पनि त मिटरब्याजी नै छ नि त । मिटरब्याजी होइन र ? तीन महिनामा सावामा गाभ्ने अनि त्यहाँबाट सावालाई पनि... त्यही त हो नि मिटरब्याजी,” ओलीले भने । 

Argakhachi Cement Island Ad

उनले तिर्नेले त्यसबाट प्रतिफल तिर्ने होला नि भन्दै प्रश्न पनि गरे । ओलीले आन्दोलन भइरहेको बताउँदै ब्याज तिनुपर्दैन भन्ने गलत कुरा भएको बताए । बैंकले ऋण आवश्यक नभएकोलाई दिने र केही गर्छु भन्नेहरूलाई नदिने गरेको बताए । 

“हुनेखाने जसलाई ऋण चाहिएको छैन । उसलाई बिनाधितो पनि ऋण दिन्छ । जसलाई साँच्चै ऋण चाहिएको छ । सानो पुजीँबाट केही गरौँ भनेर सानो प्रयास गरेको छ । बैंकले पनि राम्रो दाममा बिक्ने धितो लिन्छ,” ओलीले भने । 

उनले ऋण असुल र धितो लिलाम गर्नु मात्रै बैंकको काम नभएको उनको भनाइ छ । बैंकले आफ्नो मात्रै मर्का हेर्न नहुने उनको भनाइ छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्