site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट : ओली
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा हेर्दाहेर्दै कस्तो सरकार बन्यो ? भन्दै प्रश्न गरे । 

वर्तमान सरकारले लोकतान्त्रिक पद्धति नै मासेको ओलीको आरोप थियो । वर्तमान सरकार गैरकानुनी र बेथितिबाट चल्ने सरकार भएको टिप्पणी गरे ।

अध्यक्ष ओलीले आजबाट स्काउटको अधिवेशन हुने भनेर सम्पूर्ण तयारी गरिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आदेश दिएर अधिवेशन रोकेको आरोप लगाए । सत्ता गठबन्धन हार्ने भएपछि अधिवेशन रोक्न लगाएको बताए । 

ओलीले कुनैपनि स्वतन्त्र संस्थाहरूलाई राम्रोसँग काम गर्न गठबन्धनले नदिएको आरोप लगाए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro