site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निजी क्षेत्रको एक स्वर– अरूण चौधरीको पक्राउले सबै व्यवसायीलाई त्रसित बनायो

काठमाडौं । निजी क्षेत्रले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरूण चौधरीको पक्राउले सबै निजी क्षेत्रलाई त्रसित बनाएको बताएको छ । नेपाल उद्योग परिसंघले एक विज्ञप्तिमार्फत राज्यले एक व्यवसायीलाई मात्र नभएर सबै निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकड शैलीमा चौधरीलाई पक्राउ गरेको बताएको हो ।

"यसप्रति निजी क्षेत्रको घोर आपत्ति छ । यसले सम्पूर्ण उद्योगी/व्यवसायीको मानमर्दन भएको हामीले महसुस गरेका छौँ," विज्ञप्तिमा भनिएको छ ।

चौधरी देश छाडेर कतै जान नलागेको भए पनि उनलाई धरपकड शैलीमा पक्राउ गरिएको परिसंघको आरोप छ ।

"पक्राउअघि न प्रहरीले कुनै सूचना दिएको थियो, न त अनुसन्धानका लागि बोलाएको नै थियो," परिसंघले भनेको छ ।

CNI-Pr-1706797051.jpg
 

चौधरीको पक्राउले सरकारले आर्थिक समृद्धिमा निजी क्षेत्रको उपदेयीतालाई उपेक्षा गर्न खोजेको देखिएको व्यवसायीको गुनासो छ । उनीहरूले लगानी सम्मेलनको पूर्वसन्ध्यामा भएको व्यवसायीमाथिको धरपकडले लगानीको वातावरण बिथोल्ने बताएका छन् ।

"सरकारले एकातिर ठूलो महत्त्वाकांक्षाका साथ लगानी सम्मेलनको तयारी भइरहेको भन्ने र अर्कोतर्फ समानान्तररूपमा उद्योगी व्यवसायीहरूमाथि धरपकडको डन्डा बर्साइरहने हो भने यो द्वेद व्यवहारले विदेशी त के स्वदेशी लगानीकर्ता पनि सरकारको आश्वासनबाट तर्सने प्रस्ट छ । यसले लगानीको वातावरण बिथोल्नेबाहेक अरू केही गर्दैन," विज्ञप्तिमा भनिएको छ ।

उचित र पर्याप्त कारण भएको अवस्थाबाहेक अभियुक्तलाई शंकाकै भरमा वैयक्तिक स्वतन्त्रता हनन् हुने गरी पक्राउ गर्ने कार्य कुनै पनि दृष्टिकोणले न्यायसंगत नदेखिएको व्यवसायीहरूको ठहर छ ।

 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  २०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro